
Photo: CAN
काठमाण्डौँ , मंसिर १५ :
यू- १९ एसिया कप आज देखि युएईमा सुरु हुँदै छ ।
नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलङ्कासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुने छ ।
आजै समूह बी मा रहेका बङ्गलादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ ।
राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबारै युएई पुगिसकेको छ ।
नेपालले यू- १९ एसिया कपको तयारी स्वरुप घरेलु मैदानमा भारतको कर्नाटक यू- १९ टोलीसँग ५ अभ्यास खेलको सिरिज खेलेको थियो ।
यू- १९ एसिया कपको समूह बी मा भारत र पाकिस्तानसँगै घरेलु टोली युएई र जापान छन् ।