जनकपुर बोल्ट्सले टस जित्यो, पहिले बलिङ गर्दै (फोटोसहित)
त्रिवि क्रिकेट मैदानबाहिर पनि अहिले ठुलो संख्यामा दर्शकहरुको भीड
शनिबार, १६ मंसिर, २०८१ मा
प्रकाशित
किर्तिपुर, मंसिर १६ :
नेपाल प्रिमियर लिग एनपिएलको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स बीच प्रतिस्पर्धा हुदैछ । नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।
जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दैछ ।
किर्तिपुरको त्रिवि क्रिकेट मैदानबाहिर पनि अहिले ठुलो संख्यामा दर्शकहरुको भीड छ । खेलको सबै टिकट बिक्रि खुल्ला गरेको २४ घण्टामा नै सकिएको थियो ।
फोटो : दिलमन्यु सिलवाल
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।