
काठमाडौँ, मंसिर १७ :
एसिसी यू- १९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बङ्गलादेशसँग खेल्दै छ ।
खेल बिहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ ।
यूएईमा जारी पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
पहिलो खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो ।
नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।