मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

· सोमबार, १८ मंसिर, २०८१ मा प्रकाशित
एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
काठमाण्डौँ , मंसिर १८ :

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिनुभएको छ । 

अध्यक्ष ओली चीन भ्रमणमा प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई जिम्मेवारी प्रदान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

एमालेको विधान २०४९ (संशोधन २०७८) को  धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार