काठमाडौँ, मंसिर १८ :

काठमाडौँ- स्थानीय तह उपनिर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ। ४१ स्थानीय तह मध्ये अब ४ वटा स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।

सर्वाधिक चर्चामा रहेको कीर्तिपुर नगरपालिकाको मेयर पदमा मत गणना जारी छ । 

पछिल्लो अपडेट अनुसार नेपाली काँग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै छ । उनले ४ हजार ४ सय ५१ मत प्राप्त गरेका छन । उनलाई नेकपा एमालेका सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन । मानन्धरले ३ हजार ४ सय १७ मत ल्याएका छन भने अर्का प्रतिश्पर्धी माओवादी केन्द्रका शिवशरण महर्जनले २ हजार ९ सय ५० मत पाएका छन ।

आज रातिसम्ममा अन्तिम नतिजा आउने निर्वाचन आयोगले जनाएको छ। 

बाँकी उदयपुरको बेलका, दोलखाको गौरिशंकर र हुम्लाको सर्केगाडको मत गणना पनि जारी छ ।