
काठमाण्डौँ, मंसिर २० :
सङ्घीय संसद् अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ ।
आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा राष्ट्रिय निकुञ्जहरुको अवलोकन लगायत विषयमा छलफल हुने बताइएको छ ।