बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति इतिहास

रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप, ८ जना प्रहरी र १६ जना प्रदर्शनकारी घाईते(भिडियोसहित)

· बुधबार, २० मंसिर, २०८१ मा प्रकाशित
रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप, ८ जना प्रहरी र १६ जना प्रदर्शनकारी घाईते(भिडियोसहित)
काठमाण्डौं, मंसिर २० :

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  

रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीले  सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । 

प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उहाँले बताउनुभयो । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

“प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्”, प्रहरी उपरीक्षक मिश्रले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनकारीतर्फ १६ जना घाईते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिनुभयो ।

घाइतेको भरतपुर सामुदायिक  अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । चितवनको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उहाँलाई बयानका लागि हिजो काठमाडौँबाट चितवन लगिएको हो । साहारा सहकारीबाट रु १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उहाँलाई बयानका लागि चितवन लगिएको हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार