बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति

पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीयः काँग्रेस उपसभापति खड्का

· आइतबार, १ पुस, २०८१ मा प्रकाशित
पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीयः काँग्रेस उपसभापति खड्का
सुनसरी, पुस १ :

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्‌घाटन गर्दै उहाँले नेपाली काँग्रेसलाई स्थापनाकालदेखि यसको साङ्गठनिक सुदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताउनुभयो । 

कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दोहोर्‍याउँदै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताउनुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर आजादलगायत उपस्थित हुनुहुन्थ्यो । 

यसैबीच, सङ्घको कोशी प्रदेश सभापतिमा इस्राइल मन्सुरी सर्वसम्मत चयन हुनुभएको छभने उपसभापतिमा मोहम्मद महताब आलम, सचिवमा मोहम्मद बसिर मियाँ चुनिनुभएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार