बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति प्रदेश बागमती प्रदेश

एमाले हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित 

· मंगलबार, ३ पुस, २०८१ मा प्रकाशित
एमाले हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित 
मकवानपुर, पुस ३ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

एमाले हेटौँडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

सोमबार भएको निर्वाचनमा कार्कीले एक सय ७६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनरल श्रेष्ठले एक सय ३३ मत प्राप्त गर्नुभयो ।
 
त्यसैगरी उपाध्यक्षमा राजकुमार बाँस्तोला, सचिवमा शान्ता गौतम, उपसचिव खुल्लामा शान्तेकुमार तामाङ र उपसचिव महिलामा चन्द्रावती पनेरु निर्वाचित हुनुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार