काठमाण्डौँ , पुस ५ :

मलेसियामा जारी महिला यु- १९ एसिया कपको ‘सुपर- ४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रोकिएको छ । 

मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो ।

नेपालले श्रीलङ्का विरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो । 

नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले गराउँदैँ सुपर- ४ मा प्रवेश गरेको थियो । 

यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक- एक अङ्क बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।