बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति

भीम रावललाई सङ्गठित सदस्यबाट नै हटाउने  निर्णय, पाण्डे र तिमल्सिनालाई निलम्बन

· बुधबार, ११ पुस, २०८१ मा प्रकाशित
भीम रावललाई सङ्गठित सदस्यबाट नै हटाउने  निर्णय, पाण्डे र तिमल्सिनालाई निलम्बन
काठमाण्डौँ , पुस ११ :

नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व उपाध्यक्ष. डा भीम रावललाई सङ्गठित सदस्यबाट नै हटाउने गर्ने निर्णय गरेको छ । 

यो निर्णयसँगै रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको छ । 

बुधबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेता रावललाई पार्टीको सङ्गठित सदस्यबाट हटाउने गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसैगरी, पार्टी केन्द्रीय कार्यालयका सम्बन्धमा सार्वजनिक रुपमा टिप्पणी गर्नुभएका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र नेता उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो ।

यस विषयमा पाण्डे र तिमल्सिनालाई स्पष्टीकरण सोधिएको भए पनि सार्वजनिक रुपमा बोलेको विषयमा रियलाइजेसन नगरेको निष्कर्ष बैठकले निकालेको उहाँको भनाइ छ। 

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठकपछि उपमहासचिव ज्ञवालीले बैठकले पुस २१ र २२ गते बस्ने बैठकका लागि एजेण्डा तय भएको जानकारी दिनुभयो।

केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी, पोलिट्ब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव सम्बन्धमा छलफल गर्ने एजेण्डा तय भएको छ। 

बैठक पुस २१ र २२ गते काठमाण्डौँ, केन्द्रीय कार्यालयमा गर्ने निर्णय भएको छ। त्यो बैठकका लागि राजनीतिक परिवर्तन, सङ्गठनात्मक कामको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरोले बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चार वटा एजेण्डा तयार गरेको पनि उहाँले बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार