बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

एक-दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानबिन हुनुपर्छ : काँग्रेस उपसभापति गुरुङ

· आइतबार, १५ पुस, २०८१ मा प्रकाशित
एक-दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानबिन हुनुपर्छ : काँग्रेस उपसभापति गुरुङ
महोत्तरी, पुस १५ :

नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले एक दुई जना नेताको मात्र सम्पत्ति छानबिन गरेर देश समृद्धि नहुने बताउनु भएको छ ।

महोत्तरी जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को जलेश्वर जिबिसको हलमा चलेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उपसभापति गुरुङले एक दुई जना नेताको मात्रै सम्पत्ति छानबिन गरेर नेता तर्साउन नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो " एक दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानबिन हुनुपर्छ ।" 

नेताको मात्र नभएर कर्मचारीको समेत सम्पत्ति छानबिन हुनुपर्नेमा उहाँको जोड थियो । पछिल्लो समय रबि लामिछाने माथी भएको सम्पत्ति सुदृढीकरण मुद्दा लाई इन्कित गर्दै उपसभापति गुरुङले यसरी एक दुई जना नेताको मात्रै सम्पत्ति सुदृढीकरण मुद्दा चलाएर सुशासन कायम नहुने भन्दै त्यसको लागि सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै उपसभापति गुरुङले सरकार तत्काल नढल्ने भन्दै सरकार ढल्ने बारे परिकल्पना पनि नगर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो " सरकार मन्त्री र प्रधानमन्त्री मात्रै परिवर्तन गरेर केही हुँदैन । भएको मन्त्रीमण्डललाई सबैले सफल कार्यमा लगाउन सहयोग गरौं ।" मन्त्री बन्न नपाएकाहरुले रिस पोख्न सरकार ढल्ने हल्ला चलाएको भन्दै यसरी मन्त्री हुन नपाएको रिसमा सरकारबारे गलत प्रचार नगर्न उहाँको आग्रह थियो ।

पार्टी भित्र एक नेताले अर्को नेतालाई गाली गर्ने प्रवृत्ति बढ्दै गएको बताउदै उपसभापति गुरुङले यसरी एक नेताले अर्को नेतालाई सार्वजनिक रुपम गाली गर्दा नागरिकमा नैरस्याता आउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो "घरको कुरा घरमा मज्जाले गर्न पाइन्छ, गर्ने हो तर नेता नेता बिचमा सम्बन्ध नै नभए जसरी एकले अर्कोलाई गाली गर्न हुँदैन ।"

फरक प्रसङ्गमा उहाँले नेपालमा खोक्रो राष्टवादले जरा गाडेको भन्दै छिमेकीलाई गाली गरेर होइन सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो "अैँचो-पैँचो चलाउनुपर्ने छिमेकीसँग दुश्मनको व्यबहार गर्न हुन्न ।" छिमेकी देश चीन र भारतलाई सन्तुलित राख्न सके मात्रै नेपालको विकास हुनेमा उहाँले जोड दिनुभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार