बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति

प्रधानमन्त्री ओलीद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त

· सोमबार, १६ पुस, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओलीद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त
काठमाण्डौँ , पुस १६ :

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।     

आज सामाजिक सञ्जालमार्फत नोबेल पुरस्कारबाट विभूषित कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभएको छ । साथै प्रधानमन्त्री ओलीले कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना समेत प्रकट गर्नुभएको छ । 

अमेरिकाका ३९ औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घरमा निधन भएको हो । उहाँकी श्रीमती रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो । 

उहाँ कार्टर सेन्टर मार्फत् विश्व शान्ति स्थापना, परोपकार र पर्यावरण संरक्षण क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार