बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति प्रदेश मधेस प्रदेश

मधेश प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस

· बिहीबार, १९ पुस, २०८१ मा प्रकाशित
मधेश प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस
जनकपुरधाम, पुस १९ :

मधेश प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न मन्त्रिपरिषद् बैठकले यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्नका लागि निर्णय गरेको जनाएको छ ।

बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन पुस २३ गते मङ्गलबार दिउँसो एक बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । 

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकका लागि नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभामा विपक्षी पार्टीले प्रदेशसभा बैठक बोलाउन माग गर्दे आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार