बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति भिडियो

भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट : एमाले

गालीगलौजले देश बन्दैन : प्रदीप ज्ञवाली
· बिहीबार, १९ पुस, २०८१ मा प्रकाशित
भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट : एमाले
काठमाडौं, पुस १९ :

नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलीमाथि लगाएका आरोप माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार वर्षअघि लगाएको आरोपको कपीपेस्ट भनेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्ता आरोपप्रत्यारोपले कहीँ नपुगिने र त्यसको अर्थ पनि नहुने प्रतिक्रिया दिए ।

उनका अनुसार तत्कालीन नेकपा (हालको एमाले र माओवादी मिलेर बनेको पार्टी) मा छँदा प्रचण्डले १९ पृष्ठको आरोप लगाएका थिए । अहिले रावलले त्यसैको नक्कल गरेर ३१ पृष्ठको दस्ताबेज बनाएको उपमहासचिव ज्ञवालीको टिप्पणी छ ।

‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो, आरोप लगाउनुभएको थियो,’ सचिवालय बैठकपछि बिहीबार पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग ज्ञवालीले भने, ‘सायद १९ पेजको थियो । त्यसैको कपीपेस्टजस्तो छ, नयाँ कुराहरू छैन । यसले त्यहाँभित्र कति धेरै नकारात्मकता भरिएको छभन्ने प्रस्ट भएको छ ।’

उनले गालीगलौजले देश नबन्ने दाबी पनि गरे । ‘समाज आफैं प्रस्ट भएको छ भन्ने मलाई लाग्छ । तेस्रो कुरा, गालीगलौजले देश भन्ने भए, एक जमाना थियो, बाबुराम भट्टराई प्रचण्डहरूले शब्दकोशमा भएका सबै शब्दहरु खोजीखोजी गाली गर्नुहुन्थ्यो । अर्को अवस्था आयो, रविजी (लामिछाने) हरू, त्यसरी नै उदाउनुभएको हो । गाली गरेर देश बन्दैन,’ ज्ञवालीको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार