बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति भिडियो

अघिल्लो चौमासिकको तुलनामा १७ प्रतिशत राजस्व बढ्यो : एमाले

सरकारको काम पर्याप्त भएन : एमाले
· बिहीबार, १९ पुस, २०८१ मा प्रकाशित
अघिल्लो चौमासिकको तुलनामा १७ प्रतिशत राजस्व बढ्यो : एमाले
काठमाडौं ।, पुस १९ :

सरकारको काम पर्याप्त नभएको नेकपा एमालेले निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकमा एमालेले सरकारको ६ महिनाको कामको समीक्षा गरेको हो ।

‘नेकपा एमालेको निष्कर्ष के हो भने यति मात्रै काम पर्याप्त छैन । सरकारले अझ बढी पुस् गरोस्, सरकारले अझ बढी गति देओस्, दुईवटा दल मिलेर बनेको, अरू पार्टीको समर्थनमा समेत बनेको शक्तिशाली सरकार हो,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

यसबीच सरकारले दुई राजनीतिक दलबीच विश्वासको वातावरण बनाउँदै स्थिरताको सन्देश दिन सकेको उनको दाबी छ । अर्थतन्त्र अपेक्षित रूपमा प्रगति नभए पनि गएको चौमासिकमा अघिल्लो चौमासिकको तुलनामा १७ प्रतिशत राजस्व वृद्धि भएको ज्ञवालीले बताए ।

भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट : एमाले

यसबीच करिब आठ हजार बचतकर्ताको आंशिक बचत फिर्ता भएको उनले बताए । करिब ६२ हजार बचतकर्ताको उजुरी रहेको र त्यसमध्ये १५-१६ हजारको सम्बोधन भएको उनको दाबी छ ।

‘यसरी बचतकर्ताको बचत फिर्ता, अनियमितता गर्नेलाई कारबाही, उच्चस्तरीय प्राधिकरण गर्ने, भविष्यमा यस्तो नहोस् भनेर नियमन गर्ने कुरा सकारात्मक छन्,’ उनले भने ।

उनले आर्थिक क्षेत्रमा अगाडि बढेको, बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा प्रगति भएको दाबी गरे । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको पनि उनको भनाइ छ । उनले भने, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ । आयोग बन्न ढिलाइ भएको छ । त्यसलाई तीव्रता दिनुपर्छ ।’
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार