बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

‘नेपाली कांग्रेसले आउने चुनाव एक्लै लड्छ’

· शनिबार, २१ पुस, २०८१ मा प्रकाशित
‘नेपाली कांग्रेसले आउने चुनाव एक्लै लड्छ’
महोत्तरी, पुस २१ :

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन् । कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिबासमा शनिबार गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे ।

केही समयअघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनको भनाइ छ ।

महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरिसकेको सिंहको भनाइ छ । ‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति ब‌ैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ,’ उनले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’ समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको भन्दै उहाँले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीसमेत रहेका सिंहले सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको बताए । सर्लाहीको हरिपुर नगरपालिकामा सहरी विकास मन्त्रालयले बनाएको व्यावसायिक भवनको उद्घाटनमा जाने क्रममा महोत्तरीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सिंह सहभागी भएको उनको सचिवालयले जनाएको छ  ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार