बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

असिना र वर्षापछि दिल्लीमा चिसो बढ्यो

· सोमबार, २३ पुस, २०८१ मा प्रकाशित
असिना र वर्षापछि दिल्लीमा चिसो बढ्यो
सोमबार बिहान दिल्लीको न्यूनतम तापक्रम सामान्यभन्दा ३ डिग्री कम थियो । तस्बिर : एएनआई
नयाँदिल्ली, पुस २३ :

आइतबार राति र सोमबार बिहान असिना र वर्षापछि दिल्ली-एनसीआरमा चिसो बढेको छ ।

तर, केही दिनदेखि दिल्ली एनसीआरको ठुलो भाग धुवाँले घेरिएको हुनाले केही दिनपछि वायुको गुणस्तरमा सुधार आएको छ ।

दिल्लीका केही क्षेत्रमा, एक्यूआई स्तर १०० भन्दा तल झरेको छ । दुई दिन अघिसम्म ३७० भन्दा माथि थियो ।

अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द

भारतीय मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान दिल्लीको न्यूनतम तापक्रम सामान्यभन्दा ३ डिग्री तल झरेको छ ।

उत्तर भारतमा विगत केही दिनदेखि शीतलहर चलिरहेको छ भने पछिल्ला केही दिनदेखि कुहिरोका कारण हवाई तथा सडक यातायात प्रभावित भएको छ ।

दिल्ली र एनसीआरमा कुहिरोका कारण धेरै उडानहरू रद्द गरिएका छन् र रेलहरू ढिलो चलिरहेका छन् ।
-बीबीसी
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार