बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

असमको कोइलाखानीमा एक नेपालीसहित ९ मजदुर थुनिए, सेनाद्वारा उद्धार जारी [तस्बिरसहित]

· मंगलबार, २४ पुस, २०८१ मा प्रकाशित
असमको कोइलाखानीमा एक नेपालीसहित ९ मजदुर थुनिए, सेनाद्वारा उद्धार जारी [तस्बिरसहित]
खानीमा फसेका मजदुरको उद्धार गरिँदै । तस्बिर : बीबीसी
गुवाहटी, पुस २४ :

असमको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीमा एक नेपालीसहित नौ मजदुर फसेका (थुनिएका) छन् ।

उद्धार कार्यको जानकारी दिँदै असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले नौसेनाका गोताखोरहरूलाई सहयोगका लागि बोलाइएको जनाएका छन् ।

असम सरकारले खानीमा फसेका मजदुरहरूको नामसूची जारी गरेको छ । यी मजदुरमध्ये एकजना नेपाली रहेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।

घटनास्थलमा खटिएको टोलीका अनुसार खानीभित्र करिब एक सय फिटले पानीको बहाव बढेको छ । विशाखापट्टनमबाट गोताखोर बोलाइएको छ । उनीहरू चाँडै त्यहाँ पुगेर उद्धारमा खटिने भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

सोमबार बिहान ८ बजेतिर कोइला निकाल्न केही मजदुर खानीभित्र गएका थिए । सोही क्रममा कोइलाखानीमा कामदार फसेको घटना बाहिरिएको हो ।

घटनास्थलनजिकै रहेका एक घाइते मजदुरका आफन्तले खानीमा बिहानैदेखि केही मजदुर फसेको जनाएका छन् ।

खानीमा एक्कासि पानी भरिएर यस्तो घटना भएको हो । वास्तवमा यो घटना भएको कोइला खानी करिब ३ सय फिट गहिरो रहेको जनाइएको छ । -बीबीसी

हेर्नुहोस् थप तस्बिर :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार