नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।
ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तर्क्रिया कार्यक्रममा मंगलबार उनले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताएका हुन् ।
संघीयताप्रति अनुदार भएर विकासका कामहरू हुन नसक्ने उनको भनाइ थियो । संघीयतासम्बन्धी कानुन बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्ने कुरा नयाँ र क्षेत्रीय दलहरूले समेत भन्न नसकेको टिप्पणी पनि उनले गरे ।
‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा, जसले यो शासकीय जिम्मेवारी लिन्छौं, हामी कोही पनि संघीयताप्रति उदार छैनौं । हामी एकदमै अनुदार छौं । हाम्रो यसमा रुचि छैन । मैले नयाँ दल पनि हेरेँ । क्षेत्रीय दलहरू पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जेजे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि सर्त राख्दैन । निजामती विधेकय र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन । सबैले बाहिर भन्छन्,’ उनले भने ।
नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको उनको भनाइ थियो । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको धारणा पनि उनले राखे ।
‘सरकार चलाउने ठाउँमा गइसकेपछि अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्नेमै हुन्छौँ । सबै मिल्छौँ हामी । यसले गर्दा दुर्घटना हुने भयो । संघीयता नेपालमा अनवरत चल्छ । प्रदेशहरू रही नै राख्छन् । यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौं,’ महामन्त्री थापाले भने, ‘तर हामी प्रदेशहरूलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि यो भित्र पर्छ । हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौँ अब । यसलाई प्रभावकारी बनाउने भएनौँ । रिजल्ट ओरियन्टेट बनाउने भएनौं । यसबाट परिणाम नआउने भयो ।’
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
थप समाचार
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा