काठमाडौँ, पुस २५ :

युवा तथा खेलकुद मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि दरखास्त आव्हान गरेको छ ।

बुधबार सूचना प्रकाशित गर्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अनुसार गठित कोषको उपाध्यक्ष सिफारिस समितिले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष नियुक्तिको लागि योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना व्यक्तिको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्नुपर्ने बताइएको छ । 

नियमावलीको नियम ९ को उपनियम (४) को खण्ड (ग बमोजिमको योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिन भित्र माघ ४ गतेसम्म सिफारिस समितिको सचिवालय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।