
उद्धार कार्यमा संलग्न असम राइफल्स, एनडीआरएफ र एसडीआरएफको संयुक्त टोली । तस्बिर : दिलीप शर्मा/बीबीसी
असमको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा कोइलाखानीमा फसेका नौ कामदारमध्ये एकजनाको शव फेला परेको छ ।
असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सोसल मिडिया प्लेटफर्म एक्समा यसबारे जानकारी दिएका हुन् ।
असम राइफल्स, एनडीआरएफ र एसडीआरएफको संयुक्त टोली उद्धार कार्यमा संलग्न छ । उद्धारकर्मीहरूले निरन्तर कामदारहरूको खोजी गरिरहेका छन् ।
यसअघि एनडीआरएफ फर्स्ट बटालियनका डेपुटी कमान्डेन्ट एन तिवारीले समाचार एजेन्सी एएनआईलाई मंगलबार साँझ अपरेसन रोकिएको तर बुधबार बिहान पुन: सुरु भएको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
यी मजदुरहरू सोमबार बिहान करिब ८ बजे असमको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइलाखानीबाट कोइला निकाल्न गएका थिए ।
यी कामदारहरूलाई बचाउन एनडीआरएफका उद्धारकर्मीहरूले मंगलबार विभिन्न समयमा पाँचपटक खानीभित्र पसे तर कुनै सफलता प्राप्त भएन ।
यो पनि…
असमको कोइलाखानीमा एक नेपालीसहित ९ मजदुर थुनिए, सेनाद्वारा उद्धार जारी [तस्बिरसहित]