बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

असमको कोइलाखानीमा फसेका एक मजदुरको शव भेटियो, बाँकीको खोजी जारी

· बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
असमको कोइलाखानीमा फसेका एक मजदुरको शव भेटियो, बाँकीको खोजी जारी
उद्धार कार्यमा संलग्न असम राइफल्स, एनडीआरएफ र एसडीआरएफको संयुक्त टोली । तस्बिर : दिलीप शर्मा/बीबीसी
काठमाडौं, पुस २५ :

असमको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा कोइलाखानीमा फसेका नौ कामदारमध्ये एकजनाको शव फेला परेको छ ।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सोसल मिडिया प्लेटफर्म एक्समा यसबारे जानकारी दिएका हुन् ।

असम राइफल्स, एनडीआरएफ र एसडीआरएफको संयुक्त टोली उद्धार कार्यमा संलग्न छ । उद्धारकर्मीहरूले निरन्तर कामदारहरूको खोजी गरिरहेका छन् ।

यसअघि एनडीआरएफ फर्स्ट बटालियनका डेपुटी कमान्डेन्ट एन तिवारीले समाचार एजेन्सी एएनआईलाई मंगलबार साँझ अपरेसन रोकिएको तर बुधबार बिहान पुन: सुरु भएको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

यी मजदुरहरू सोमबार बिहान करिब ८ बजे असमको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइलाखानीबाट कोइला निकाल्न गएका थिए ।

यी कामदारहरूलाई बचाउन एनडीआरएफका उद्धारकर्मीहरूले मंगलबार विभिन्न समयमा पाँचपटक खानीभित्र पसे तर कुनै सफलता प्राप्त भएन ।
 यो पनि…

असमको कोइलाखानीमा एक नेपालीसहित ९ मजदुर थुनिए, सेनाद्वारा उद्धार जारी [तस्बिरसहित]

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार