मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विराजभक्त श्रेष्ठ#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत #विराजभक्त श्रेष्ठ#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत
प्रदेश गण्डकी प्रदेश अर्थतन्त्र

दशदिने म्याग्दी महोत्सव सुरु

· आइतबार, २९ पुस, २०८१ मा प्रकाशित
दशदिने म्याग्दी महोत्सव सुरु
म्याग्दी, पुस २९ :

बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सुरु भएको छ ।

माघेसङ्क्रान्ति पर्वको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव सुरु भएको हो ।

चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट ट्रेड रुट’का रूपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताउँदै उनले १० करोड बराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको जानकारी दिए ।

जिल्लाको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार