बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
राजनीति प्रदेश बागमती प्रदेश

वर्तमान सरकारको आयु धेरै छैन, आफैं ढल्छ : प्रचण्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
वर्तमान सरकारको आयु धेरै छैन, आफैं ढल्छ : प्रचण्ड
सिन्धुपाल्चाेक, माघ २ :

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  वर्तमान सरकारको आयु धेरै नभएको दाबी गरेका छन् । 

प्रेस सेन्टर सिन्धुपाल्चोकले आज (मंगलबार) बिहान सुकुटेमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कांग्रेस–एमाले  गठबन्धनको वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका हुन् । 

साथै अध्यक्ष दाहाले अहिलेको सरकार अप्राकृतिक भएको जनाउँदै  यसलाई ढाल्न धेरै बल गर्नु नपर्ने बताएका हुन् ।अध्यक्ष दाहाल हिजो सुकुटे पुगेका हुन् । उनी प्रायः तनाव भयो भने अथवा पार्टी बैठकले गर्ने महत्वपूर्ण निर्णय अघि सुकुटे पुग्ने गरेका छन् ।

 नेताहरूको कार्यविभाजन टुंग्याउन बुधबार  माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।  पुस २१ र २३ गते बसेको केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो। 

विशेष गरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन लगायतका बाँकी नेताहरुको जिम्मेवारी तय गर्ने छ।  पूर्वउपराष्ट्रपति भइसकेको ब्यक्ति पुनः राजनीतिमा सक्रिय भएको भन्दै केन्द्रीय समिति बैठकमा नेताहरूले आलोचना गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार