
काठमाडौँ, साउन २९ :
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ ।
विदेश सचिव मिस्रीले सोमबार बिहान सहरी विकास मन्त्रालयमा पुगेर मन्त्री सिंहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटमा मन्त्री सिंहले महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाइदिन आग्रह गर्नुभएको छ।
जवाफमा भारतीय सचिवले झोलुङ्गे पुन निर्माणमा सहमति दिनका लागि सकारात्मक रहेको बताएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।
भेटमा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।