काठमाडौं, माघ ३ :

स्मार्टफोन विश्वबजारको अग्रणी  ब्रान्ड भिभोले नवीन डिजाइन, उच्च प्रदर्शन र उचित मूल्यको अद्भूत संयोजनसहितको भिभो भी-४० सिरिज ल्याएको छ ।

भी-३० श्रृंखलाको अभूतपूर्व  सफलतालाई कायम राख्दै भिभोले भी-४० सिरिजलाई नवप्रवर्तन र ग्राहक-केन्द्रित दृष्टिकोणका साथ प्रस्तुत गरको छ । शून्य प्रतिशत ब्याजदरमा एक वर्षसम्म ०% ईएमआई सुविधाको साथ भिभोले अत्याधुनिक प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई अझै बलियो बनाएको छ ।

भिभो भी-४० नेपालको पहिलो जाइस् क्यामेरा स्मार्टफोन हो, जसले यसलाई फोटोग्राफी उत्साहीहरूका लागि अत्यावश्यक बनाएको छ । यसमा १/१.५६ इन्चको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा छ । जसले यसलाई उत्कृष्ट लो-लाइट प्रदर्शनका लागि सक्षम बनाउँछ । यसको इमर्सिभ ६.७८ इन्च एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट र ४५०० निट्सको पिक ब्राइटनेस सहित प्रत्यक्ष सूर्यको प्रकाशमा पनि सानदार दृश्य अनुभव प्रदान गर्छ ।

क्वालकम स्न्यापड्रैगन ७ जेन ३ र १२+१२ जीबीको एक्सटेन्डेड र्‍यामले सिमलेस मल्टिटास्किङ र उत्कृष्ट प्रदर्शनको सुनिश्चित गर्छ ।  साथै, यसमा रहेको विशाल ५५०० एमएएच ब्लुभोल्ट ब्याट्री र ८० वाट फ्ल्यास चार्जले दिनभरको पावर र कनेक्टिभिटी सुनिश्चित गर्छ । आईपी ६८/६९ रेटिङले धुलो र पानीविरुद्धको टिकाउपन प्रदान गर्छ । नीलो र सेतो मिसावटले चन्द्रमाजस्तै चम्किलो सेतो र बैजनी रङको नेबुला पर्पल, यी दुई आकर्षक रङहरूमा उपलब्ध यो उपकरणले सौन्दर्य र कार्यक्षमताको अद्वितीय संयोजन प्रस्तुत गर्दछ । जसले उपभोक्ताहरूलाई सहजै मोहित पार्छ ।

स्टाइल र बजेट सचेत उपभोक्ताको आवश्यकता पूरा गर्दै, भिभो भी-४० लाइटले परिष्कृत डिजाइन र उन्नत प्रविधिको सन्तुलन प्रस्तुत गर्छ । यसको एआई-आधारित औरा लाइट पोट्रेट फिचरले कम प्रकाश भएको वा रातको समयमा पनि तपाईंका फोटोहरूलाई अद्भूत बनाइदिन्छ ।

यसबाहेक, फोनमा एआई- इरेज र एआई-फोटो इनह्यान्समेन्टजस्ता फिचरहरूले तपाईंका फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्छ । अप्टिकल इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र भिभोको आफ्नो सिग्नेचर कलर चेन्जिङ डिजाइनको साथ भिभो भी-४० लाइटको इमर्सिभ ६.६७ इन्च एमोलेड स्क्रिनले परिष्कृतता र शैलीलाई बढाउँछ ।

अग्रणी ८० वाटको फ्ल्यास चार्ज प्रविधि र सक्षम प्रदर्शनसहित, यो उपकरणले चाहे तपाईं वेब ब्राउज गर्दै हुनुहुन्छ, भिडियो स्ट्रिमिङ गर्दै हुनुहुन्छ वा गेमिङ गर्दै हुनुहुन्छ एक निर्बाध प्रयोगकर्ता अनुभव सुनिश्चित गर्छ । पर्याप्त ५००० एमएएच ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले कुनै चिन्ता नगरी दिनभरि निर्बाध प्रयोगको आनन्द लिन सक्छन् ।

टाइटेनियम सिल्भर र एमराल्ड ग्रिनजस्ता स्टाइलिस रङहरूमा उपलब्ध, भिभो भी-४० लाइटले किफायती र गुणस्तर बीचको सही सन्तुलन प्रदान गर्छ । जसले यसलाई मध्य-दायरामा उत्कृष्ट विकल्प बनाउँछ ।

भिभो भी-४० सिरिज तपाईंको स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुर्‍याउन डिजाइन गरिएको छ । जसमा जाइस् पावर्ड क्यामेरा र एआई प्रवर्धित आधुनिक क्यामेरा फिचरहरू समावेश छन् । यो सिरिज नेपालभर आधिकारिक रिटेल स्टोरहरू र दराजमा उपलब्ध छ । जसले ग्राहकलाई सहज र सुविधाजनक पहुँच प्रदान गर्छ ।