बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
कर्पोरेट

चिकित्सकहरुका लागि ‘डक्टर्स पीएमएस’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
चिकित्सकहरुका लागि ‘डक्टर्स पीएमएस’
काठमाडौं, माघ ३ :

एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पीएमएस’ सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तर्गत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैयाँ वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागी हुन सकिन्छ ।

यसमा वार्षिक सेवा शुल्क पूर्ण रुपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबन्डा हुने गरी बाँडफाँट गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिनेसमेत जनाइएको छ ।

यो योजनामा सहभागी हुने स्वास्थ्यकर्मीका परिवारलाई नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधासमेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई नि:शुल्क बिमा सुविधासमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै सेयर बजारसम्बन्धी नि:शुल्क तालिम र अन्य परामर्श सेवाहरुसमेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आबद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार