काठमाडौं, माघ ४ :

नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् ।

उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४औँ बैठकले नेपालको एसबीआई बैंक हेर्ने गरी सीईओमा नियुक्त गरेको हो ।

यसअघिका सीईओको दीपककुमार द्वेको कार्यकाल सकिएपछि तिवारीलाई नियुक्त गरिएको हो ।  तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन् ।

हाल उनी सोही बैंकको जनरल म्यानेजर हुन् ।