बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
प्रदेश गण्डकी प्रदेश

पाँचवटा वडालाई सदरमुकाम जोड्ने बेनी- मल्लाज सडक स्तरोन्नति

· शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
पाँचवटा वडालाई सदरमुकाम जोड्ने बेनी- मल्लाज सडक स्तरोन्नति
म्याग्दी, माघ ५ :

पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी- मल्लाज सडक स्तरोन्नति भएको छ । 

उकालो र साँघुरो कच्ची सडकमा सवारी साधन सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम थियो । घुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । 

पर्वत- बेनी खानेपानी योजनाको ट्याङ्कीमाथि र माइनडाँडा क्षेत्रमा तीन सय मिटर सडक ढलान भएको उनले बताए । उक्त योजनाका लागि जलजला गाउँपालिका, वडा नं २, ३ र ४ ले चालु आर्थिक वर्ष २०८१र८२ मा ५० लाख विनियोजन गरेका थिए । 

सडक स्तरोन्नति भएसँगै माझफाँट, बाँसखर्क, लेखफाँट, म्याग्दीको नागी र राम्चेका स्थानीयलाई आवतजावतमा सहज भएको छ । फराकिलो सडक, नाली निर्माण र उकालोमा ढलान गरेसँगै सवारी साधन आवतजावतमा सहज भएको जलजला- ३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताए । 
 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार