बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
समाचार प्रदेश गण्डकी प्रदेश

निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न आदेश

१ लाख जरिवाना र ५ वर्ष कैदको माग
सक्रिय न्यूज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न आदेश
कास्की, माघ ५ :

डा. निकोलस भुसाललाई छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।न्यायाधीश शंकरबहादुर राईको इजलासले डा.भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

जिल्ला अदालत कास्कीमा शुक्रबार उनीविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । लगत्तै भएको थुनछेक बहसका क्रममा धरौटीमा छाड्न आदेश भएको हाे ।

प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दर्ता गरेको थियो। 

भुसालले प्रहरी काममा व्यस्त रहेको बेलामा अनधिकृत रुपमा सीसीटीभी मनिटरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गोप्य फोटो अनधिकृत रुपमा खिचेर सामग्रीसहित सार्वजनिक गरेका थिए ।

साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्राउ परेका थिए ।यसअघि उनी गत ७ पुसमा पक्राउ परेका थिए ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार