बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
समाचार प्रदेश गण्डकी प्रदेश

कास्की अदालतको आदेश- जीबी राईको राहदानी रोक्का गर्नू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
कास्की अदालतको आदेश- जीबी राईको राहदानी रोक्का गर्नू
कास्की, माघ ५ :

सङ्गठित रुपमा सहकारी ठगी गर्ने समूहका मुख्य आरोपित जीबी भन्ने (गितेन्द्रबाबु राई) को राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ । 

जिल्ला अदालत कास्कीमा  न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जीबीको राहदानी रोक्का गर्न राहदानी विभागलाई लेखि पठाउन आदेश दिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट गर्न नमिल्ने भनेको थियो । उनको राहदानी रद्द गर्न माग गर्दै गत पुस २८ गते अदालतमा निवेदन दर्ता भएको थियो। सहकारी प्रकरणको विषय उठ्ने वित्तिकै उनी विदेश फरार छन् ।

कास्कीको सूर्यदर्शनसहित दर्जनभन्दा बढी सहकारी खोली बचत र सेयर रकम अपचलन गरेको अभियोगमा राईविरुद्ध मुद्दा सम्बन्धित सहकारी रहेको जिल्लामा मुद्दा  दायर भएको छ ।

देशका पाँच सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड गैर कानुनी रुपमा लगी ठगी गरेको अभियोग उनीमाथि  छ । सोही अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ६३ जनाविरुद्ध कास्की, काठमाडौंमा दायर भएको मुद्दा विचाराधीन छ । 

सहकारी ठगीका मुख्य अभियुक्त राई विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सकिएको छैन । यद्यपि वर्तमान सरकारले पनि उनलाई पक्राउ गर्ने प्रयास भइरहेको जनाएको छ । लामो समयदेखि उनी सरकारलाई छल्दै लुकेर बसेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार