बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
समाचार प्रदेश कर्णाली प्रदेश

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
accident-nepali
हुम्ला, माघ ७ :

हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

चङ्खेली गाउँपालिका- १ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु ४ त ७७२० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

दुर्घटनामा चङ्खेली- १ का ४० वर्षीय मानबहादुर बोहराको टाउको र छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा पनि घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्र्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका- १४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए । चालक बडुवाल दुर्घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
  
घाइतेको प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार