काठमाडौँ, माघ ८ :

कर्णाली प्रदेश सभाको पाँचौँ अधिवेशन आजदेखि सुरु हुँदैछ।

पाँचौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रदेश सभाको चौथो अधिवेशन गत असोज १६ गते अन्त्य भएको थियो।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंसिर २३ गते संविधानको धारा १८३ (१) बमोजिम पाँचौँ अधिवेशन आह्वान गरेका हुन्।