बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

रविको बयान सकियो, थुनछेक बहस बिहीबारदेखि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
रविको बयान सकियो, थुनछेक बहस बिहीबारदेखि
बुटवल, माघ १० :

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बुधबार रविको बयान भएको हो । लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि बिहान १० बजे उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको छ ।

भोलि (बिहीबार) देखि मात्रै थुनछेक बहस हुने बताइएको छ ।रविको बयान सकिएकाले भाेलि(बिहीबार) देखि रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता  प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्ने छन्  । यस्तै लामिछानेकातर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र  वरिष्ठ अधिवक्ता नारायण कंडेल लगायतले बहस गर्ने छन् ।

आइतबार लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । लामिछानेसँग मात्रै करिब ४ करोड भन्दा बढीको माग दाबी गरिएको छ ।  

मुद्दा दर्ता भएपछि लामिछाने आज आफैं अदालतमा उपस्थित भएका हुन् ।गत पुस २५ गते कास्की अदालतले लामिछानेलाई ६५ लाख र माघ २ गते काठमाडौं अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार