बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
समाचार प्रदेश

कञ्चनपुरमा एक प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था गम्भीर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
कञ्चनपुरमा एक प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था गम्भीर
कञ्चनपुर, माघ १० :

कञ्चनपुरमा एक प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन्।सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार साँझ साढे ८ बजेको समयमा डीउटीमा रहेका उनले आफैंमाथि  गोली हानेका हुन्।  

गम्भीर घाइते प्रहरी जवान विष्टलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको छ। दाहिने कानभन्दा माथि गोली लागेको उनको अवस्था गम्भीर रहेको छ।

कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैंमाथि गोली चलाएको घटना सेलाउन नपाउँदै फेरि अर्का प्रहरी जवानले आफैंमाथि गोली चलाएका हुन्।संगठनभित्र रहेका प्रहरी जवानले किन आत्महत्याको प्रयास गरेका हुन् भन्नेबारेमा केही खुलेको छैन । तर घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार