चितवन, माघ ११ :

कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीनजना डिन र एकजना निर्देशक नियुक्त गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाका अनुसार कृषि सङ्कायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनरी सङ्कायमा प्रा.डा. भूमिनन्द देवकोटा र वन सङ्कायमा प्रा. वासुदेव पोखरेल नियुक्त भएका हुन् । 

परिषद्ले प्रा.डा. नीराजन भट्टराईलाई अनुसन्धान निर्देशकका रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।