
काठमाडौं, माघ ११ :
कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच कुमारीका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई ओपीडी टिकट तथा सामान्य शय्या शुल्कमा २५ प्रतिशत, आईसीयू, शल्यक्रिया तथा एक्सरे/यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
कुमारी बैंकको देशभर ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइ छन् । बैंकले आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।