
काठमाडाैं, माघ १३ :
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटन क्षेत्रको विस्तारसँगै सुरक्षालाई पनि सरोकारको विषय बनाउनुपर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा महानिरीक्षक कुँवरले पर्यटन विस्तारका लागि सुरक्षा चासोतर्फ पनि ध्यान दिनुपर्ने बताएका हुन् । नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भनेर चिनाउन सकेमात्र पर्यटन क्षेत्रमा आकर्षण बढ्ने उनको भनाइ छ ।
प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गरे।
पर्यटकको सुरक्षा नेपाल प्रहरीको एकल प्रयासले मात्रै सम्भव नहुने जनाउँदै महानिरीक्षक कुँवरले सरोकारवाला निकायहरूले पनि यसमा भूमिका निर्वाह गर्नुपर्ने बताए । पर्यटकीय प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको पनि उनले बताए।