वासिंटन, माघ १४ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमाथि अमेरिकाको नियन्त्रण हुनेमा आफू विश्वस्त रहेको दाबी गरेका छन् । हालैका साताहरुमा ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र प्राप्त गर्न नयाँ चासो व्यक्त गरेका हुन् ।

ट्रम्पले एयर फोर्स वानमा शनिबार पत्रकारहरूलाई भने, ‘मलाई लाग्छ हामी यो प्राप्त गर्नेछौं । त्यो टापुका ५६ हजार बासिन्दा हामीसँग जोडिन चाहन्छन् ।’

यसैबीच, ट्रम्पको बयानपछि त्यस्ता रिपोर्टहरू पनि आए जसमा भनिएको थियो कि डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले गत साता राष्ट्रपति ट्रम्पसँगको कुराकानीमा ग्रिनल्यान्ड बिक्रीका लागि छैन भनेकी थिइन् ।

अवैध आप्रवासी फिर्ता प्रक्रिया जारी, आफ्ना नागरिकलाई खुला हातले स्वीकार गर्नेछौँ : मेक्सिको

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २०१९ मा उक्त टापु किन्ने सम्भावना उठाएका थिए । उनले भने कि- ग्रिनल्यान्डमाथि अमेरिकाको नियन्त्रण अन्तर्राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण छ ।

‘मलाई विश्वास छ मानिसहरू हामीसँग जोडिन चाहन्छन् । मलाई साँच्चै थाहा छैन कि यसमा डेनमार्कको के दाबी छ, तर यदि उनीहरूले यो हुन दिएनन् भने यो एकदमै अमित्रतापूर्ण कदम हुनेछ, किनकि यो स्वतन्त्र संसारको सुरक्षाका लागि हो,’ उनले भने ।

‘मलाई लाग्छ हामीले ग्रिनल्यान्ड पाउनुपर्छ किनभने यो संसारको स्वतन्त्रतासँग सम्बन्धित छ,’ ट्रम्पले भने, ‘यसको संयुक्त राज्य अमेरिकासँग कुनै सरोकार छैन, बाहेक हामी मात्र त्यो स्वतन्त्रता प्रदान गर्न सक्छौं । तिनीहरूले गर्न सक्दैनन् । त्यो हामी सक्छौं ।’