
खोटाङ, माघ १४ :
जिल्ला अदालत खोटाङले बालयौन दुर्व्यवहार आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए ।
आफैंले स्थापना गरेको शुभद्रा मदन फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले राईलाई दोषी ठहर गरेको हो ।
सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको भट्टराईले बताए । फाउन्डेसनमा पढ्ने बालिकाहरुलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोपपछि प्रहरीले राईविरुद्ध अनुसन्धान गरेर मुद्दा चलाएको थियो ।