
काठमाडौं, माघ १४ :
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनीमार्गमा स्थानान्तरण गरेको छ ।
बैंकले आइतबारका दिनदेखि शाखा स्थानान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।
शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उनले बताए । प्रदर्शनीमार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ ।
हाल बैंकको २८३ शाखा कार्यालय, ६५ एक्स्टेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ र २६६ वटा एटीएम छन् ।