जुम्ला, माघ १५ :

सिञ्जा गाउँपालिकाको गाउँको जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

सिञ्जा गाउँपालिका वडा नम्बर १ जाँचका ८१ वर्षीय भद्दे रावलको आगलागीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उनको मृत्यु भएको हो । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।