बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार राजनीति

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि पुगे उच्च : साधारण तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि पुगे उच्च : साधारण तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न माग
काठमाडौं, माघ १५ :

विभिन्न सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूसँग ६५ लाख रुपैयाँ धरौटी माग्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिन उच्च अदालत पोखरा पुगेका छन् ।

धरौटी रकम बढी माग्ने कास्की अदालतको आदेशमा चित्त नबुझी लामिछाने धरौटी बदरको निवेदन लिएर उच्च अदालत पुगेका हुन् । आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी रविले उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

सरकारी पक्ष भने यसअघि नै उच्च अदालत पुगिसकेको छ । रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माग राखी उच्चमा पुगेको हो ।

कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते रविलाई ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन भन्दै धरौटीमा छाड्न आदेश भएको थियो ।

रविले काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा ६० लाख रुपैयाँ र बुटवलको सुप्रिम सहकारी मुद्दामा एक करोड रुपैयाँ धरौटी बुझाएका छन् । अब चितवन र पर्सामा पनि उनीविरुद्ध मुद्दा चलाउने सरकारी वकिलको तयारी छ ।

याे पनि‍…

सहारा सहकारी ठगी प्रकरण : रविविरुद्ध चितवनमा पनि मुद्दा दर्ताको तयारी

रुपन्देहीमा पनि रवि कसुरदार : १ करोड धरौटीमा छुटे

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार