बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र कर्पोरेट

बूढानीलकण्ठमा विप्लवको ‘सी व्यापार केन्द्र’ : के -के पाइन्छ ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
बूढानीलकण्ठमा विप्लवको ‘सी व्यापार केन्द्र’ : के -के पाइन्छ ?
काठमाडौं, माघ १५ :

नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ खोलेको छ ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विप्लवले सोमबार संयुक्त रुपमा रिबन कोटेर व्यापार केन्द्रको औपचारिक उद्घाटन गरे ।

व्यापार केन्द्रमा अहिले चामल, तेल, सिमीलगायता वस्तु राखिएका छन् । पछि विस्तारै धान, मकै, आलु, मह, सिमी, मास, फापर, गार्मेन्टका कपडालगायता वस्तु राखिने त्यस अवसरमा जानकारी गराइयो ।

प्रारम्भिक रुपमा अहिले एउटा पसलबाट सुरु भएको र त्यसलाई विस्तारै काठमाडौँ उपत्यकाका धेरै ठाउँमा सञ्चालनमा ल्याइने बताइएको जनाइएको छ। यहाँ राखिएका धेरैजसो वस्तुहरु आफैंले उत्पादन गरेका हुन् । विप्लव नेतृत्वको नेकपाले अहिले चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलालीलगायता जिल्लामा खेती गरिरहेको छ ।

प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएका विप्लवले उद्घाटनामा पूर्वअध्यक्षको हातबाट नगरेर किन नेता नेपालको हातबाट गरे भन्नेबारे धेरैको चासो छ । यद्यपि उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, नेपाल समाजवादीका गंगानारायण श्रेष्ठलगायतको नेताहरुको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार