बाँके, माघ १६ :

जिल्लामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ ।

अयोगको नवनियुक्त अध्यक्ष घननाथ खनालले कार्यालय स्थापनापछि जिल्ला समन्वय समितिमा कार्यभारसमेत सम्हाल्लेका छन् ।

अध्यक्ष खनालले जिल्लामा विद्यमान भूमिसम्बन्धी समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने उल्लेख गर्दै पालिकाबाट अहिलेसम्म ४४ हजार पाँच सय २३ भूमिसम्बन्धी समस्या आएकाले ती समस्याको अध्ययन गरी समाधानका उपाय खोजिने बताए । 

अध्यक्ष खानलले यही फागुन ७ गतेदेखि सबै स्थानीय तहका वडामा कर्मचारी पुग्ने जानकारी दिँदै कर्मचारी व्यवस्थापनको काम पनि द्रुत गतिमा अघि बढाइएको बताए ।