बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

महाकुम्भ मेलामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, घटनाको छानबिन गर्न न्यायिक आयोग गठन

मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ आर्थिक सहयोग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
महाकुम्भ मेलामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, घटनाको छानबिन गर्न न्यायिक आयोग गठन
काठमाडाैं, माघ १७ :

भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ देखि २ बजेकोबीचमा भागदौड भएको बताए।

गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएको थियो ।

यसैबीच त्यस घटनाको न्यायिक आयोगले छानबिन गर्ने भएको छ ।मुख्यमन्त्री योगी आदित्यनाथले  तीन सदस्यीय न्यायिक आयोगलाई छानबिनको जिम्मा दिएका छन् । अर्कोतर्फ मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार