बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
समाचार प्रदेश कोसी प्रदेश

ओखलढुंगामा सुमो दुर्घटना : परिवारकै ३ जनाको मृत्यु, चालक फरार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
accident-nepali
ओखलढुंगा, माघ १८ :

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको केपीलासगढी ३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पूजन गुरुङ र खोटाङकै दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका १२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन् । बिरामी मायादेवीलाई लिएर उनका छोरा पूजन र बहिनी तारा काठमाडौं आउँदै थिए ।

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्जयाङ गाउँपालिका ७, भँडारे खोलामा सुमो दुर्घटना हुँदा तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

ना.१ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुर्घटना बुधबार राति भए पनि प्रहरीले बिहीबार (आज) बिहान मात्र थाहा पाएको थियो ।

सुमो चालक सुनसरीको इनरुवा नगरपालिका २ का २२ वर्षीय अनिल पण्डित फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार