बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
कर्पोरेट

प्रोटन इमास ७ को दुई भेरियन्ट, एजिस सर्ट ब्लेड ब्याट्री (थप विशेषता)

१२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
प्रोटन इमास ७ को दुई भेरियन्ट, एजिस सर्ट ब्लेड ब्याट्री (थप विशेषता)
काठमाडौं, माघ १८ :

जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने तयारी गरेको छ ।

मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटन इमास ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन् ।

प्रोटन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्रीको प्रयोग गरिएको छ । एजिस सर्ट ब्लेड ब्याट्री एक प्रकारको लिथियम आइरन फोस्फेट ब्याट्री हो । जसलाई गिली अटोमोबाइलद्वारा आविष्कार गरिएको हो । यस प्रकारका ब्याट्री छिटो चार्ज गर्न र परम्परागत ब्लेड ब्याट्रीहरूको तुलनामा उच्च प्रदर्शन गर्छ ।

उच्च सुरक्षा र लामो आयु यस प्रकारक ब्याट्रीको अर्को विशेषता हो भने यी ब्याट्रीले अत्यधिक चिसोमा पनि आफ्नो उच्च क्षमता कायम राख्छ ।

प्रोटन इमास ७ को प्राइममा ४९.५२ किलोवाट आवर (केडब्ल्यूएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने प्रोटन इमास ७ प्रिमियममा ६०.२२ किलोवाट आवर (केडब्ल्यूएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

त्यस्तै प्रोटन इमास ७ को अर्को विशेषता ‘१२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ हो । ‘१२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ ले विद्युतीय सवारीसाधनको एकीकृत पावरट्रेनलाई जनाउँछ । जसमा मोटर, पावर इलेक्ट्रोनिक्स, नियन्त्रण एकाइहरूसहित कुलिङ सिस्टमजस्ता विभिन्न उप-प्रणालीका लागि धेरै कम्पोनेन्टहरू प्रयोग गर्नुको सट्टा, तिनीहरूलाई एउटै कम्पोनेन्टमा ल्याइन्छ । जसले समग्र जटिलतालाई उल्लेखनीय रूपमा कम गर्छ । साथै धेरै कम्पोनेन्टबीच न्यूनतम ऊर्जा हानिलाई कम गर्दै यसको परफरमेन्सलाई बढाउँछ ।

१२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणालीका प्रमुख फिचर्समा विद्युतीय मोटर, पावर कन्भर्टर, ब्याट्री व्यवस्थापन प्रणाली, अनबोर्ड चार्जरसहित धेरै नियन्त्रण एकाइहरू यस प्रणालीमा एक एकाइमा एकीकृत गरिएको हुन्छ ।

शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको बुझिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार