बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
कर्पोरेट

टाटाको ‘नेक्सन केथ्री ईभी’, खुल्यो बुकिङ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
टाटाको ‘नेक्सन केथ्री ईभी’, खुल्यो बुकिङ
काठमाडौं, माघ २२ :

भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्रान्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को नेपाली बजारमा बुकिङ खुला गरेको छ ।

टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक  गरेसँगै बिक्रीका लागि बुकिङ खुला गरेको हो । कम्पनीका अनुसार, नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयूभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी  सुविधाहरुले  सम्पन्न छ ।

नेक्सन केथ्री-ईभीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ । साथै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सबीचको सहकार्यमा पहिलो पटक विद्युतीय गाडी नेक्सन इभी प्राइम २०२१ मा नेपालमा बिक्री/वितरण सुरु गरिएको थियो । यसलाई नेपाली ग्राहकले अत्याधिक मनपराइ दिनुभयो । ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसात् गर्दै हामीले नेपालको ईभी इको सिस्टममा लगानी गर्‍यौं ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार