बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढ्यो, अन्य मुद्राको कति पुग्यो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढ्यो, अन्य मुद्राको कति पुग्यो ?
काठमाडौँ, माघ २३ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । 

युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय एक रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३५ पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार आज थाई भाट एकको खरिदर चार रुपैयाँ नौ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ छ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदरट ३१ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ५० रुपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६९ रुपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपैयाँ ८१ पैसा कायम छ ।

ओमनी रियाल एकको खरिदर तीन सय ६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको  छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार